श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न
दुल्लू नगरपालिका को आयोजना, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल को प्राविधिक सहयोग र रेड्ली आई फाउन्डेसन युके को आर्थिक सहयोगमा २०८२ असोज २६ र २७ गते विजया माध्यामिक विद्यालय दुल्लु नगरपालिका ०७ खालिचाखा दैलेखमा संचालित निःशुल्क आँखा शिविरमा ४०६ जना नागरिकको आँखा परिक्षण र १०५ जनाको आँखा अप्रेसन गरि आज २०८२/०६/२८ गतेका दिन दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल, उपमेयर विना कार्की, विजया मा.वि.का प्र.अ केशवबहादुर भण्डारी लगायतको उपस्थितीमा कार्यक्रम समापन भएको छ । उक्त कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी हाताहरूलाई धेरै धेरै धन्यवाद छ ।